जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार ११:५९

शीतल निवासमा वार्ता बस्न नपाएपछि नाराबाजी: सुदन गुरुङले धोका दिएको आरोप


काठमाडौं, असोज २५ । शीतल निवासमा अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग छलफल गरिरहेका छन् ।

हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरु छलफलमा सहभागी भएका छन् । केही व्यक्तिहरु भने भित्र प्रवेश गर्न पाएका छैनन् । भित्र वार्ता चलिरहँदा बाहिर रहेकाहरुले नाराबाजी गरेका छन् ।

पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरु बाहिरै रहेका छन् । भित्र प्रवेश नपाएका उनीहरुले केहीबेर नाराबाजी गरेका थिए ।‘हामी प्रदेश संयोजकलाई भित्र छिर्न दिइएन । हिजो छिर्न दिने भनिए पनि आज रोकियो’, जेनजी अगुवा खेमराज साउदले भन्नुभयो ।

शीतल निवासमा जारी छलफलका लागि जेनजीका तर्फबाट १७ जना प्रतिनिधि सहभागी हुने तय भएको थियो । पछि संख्या बढाइएको थियो ।

स्रोतका अनुसार २० बढी प्रतिनिधि छलफलमा सहभागी भएका छन् । छलफलमै सहभागी हुने भनी शीतल निवास पुगेका केही जेनजी भने अझै बाहिरै छन् ।
भित्र प्रवेश गर्न नपाएकाहरुले जेनजी अगुवा सुदन गुरुङले धोका दिएको आरोप लगाएका छन् ।