जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार ०८:३५

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक स्थगित, अब असाेज २८ गते बस्ने


काठमाडौं, असाेज २६ । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक यही असाेज २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने गरी सारिएको हो ।

उहाँका अनुसार आगामी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरूका साथै सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ ।

बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक तयारी, सरकार सञ्चालनमा कांग्रेसको भूमिकासहित विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ ।