जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १६:३९

देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी


काठमाडौ, असोज २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलवार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले विधानअनुसार कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको घोषणा गर्नुभएको हो ।
देउवाले कार्यबहाक सभापति तोकेसँगै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।

जेनजी आन्दोलनको क्रममा निवासमा आक्रमणमा परी घाइते हुनुभएका सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा मंगलवार पहिलो पटक पार्टी बैठकमा सार्वजनिक हुनुभएको थियो । आजको सभापति देउवाले सम्बोधन गरेपछि बैठक बिहीवार अर्थात असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ ।