काठमाडौं, असोज ३०। नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री गणेश साहले पार्टी परित्याग गर्ने घोषणा गर्नुभएको छ।
उहाँले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको आरोप लगाउँदै अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको पार्टीमा नबस्ने घोषणा गर्नु भएको हो । ‘पार्टीले आदर्श र एकताको बाटो छोडेको महसुस भयो, अब म कुनै राजनीतिक दलमा संलग्न हुने छैन’, उहाँको घोषणा छ ।
उहाँले आफूले लामो समय देश र जनताको पक्षमा काम गरेको बताउँदै, आगामी दिनमा देशलाई आवश्यक परे आफ्नो ज्ञान, अनुभव र क्षमता अनुसार योगदान दिन तयार रहेको स्पष्ट पार्नुभएको छ।
साह तत्कालीन नेकपा (संयुक्त) र नेकपा (माओवादी केन्द्र) बिचको एकतापछि माओवादीको केन्द्रीय पदाधिकारीको जिम्मेवारीमा रहनुभएको थियो। पछिल्लो समय उहाँ पानी तथा जलवायु विज्ञका रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा संलग्न रहनु भएको छ।
केही समय यता माओवादीका नेताहरुले पाटी छाड्ने क्रम बढेकाे छ । केन्द्रीय तहका नेताहरुले नै पार्टी छाड्नुले पार्टी भित्रकाे असन्तुष्टिलाई देखाउँछ ।













प्रतिक्रिया दिनुहोस्