जनता टाइम्स

१ कार्तिक २०८२, शनिबार १०:४०

एमाले महासचिव शंकर पोखरेलको व्यङ्ग्य : सबै सम्पत्ति खरानी भएको एक महिनापछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा देखियो


काठमाडौं, कात्तिक १। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २४ गते काठमाडौंमा भएको विध्वंस रोक्न नसक्नेहरूले अहिले आफूले आगो निभाएको भनेर श्रेय लिन खोजको भन्दै आलोचना गर्नु भएको छ ।

शनिबार बिहान उहाँले फेसबुकमा स्ट्याटस लेख्दै  सिंहदरबारमा लागेको आगो निभाउन आफूले सबैभन्दा पहिला दमकल पठाएको भनि काठमाडौं महानगरपालिका प्रमुख बालेन र नेपाली सेनाको स्पष्टीकरण प्रति कटाक्ष गर्नु भएको छ । जेनजी आन्दोलनको नाममा भदौ २४ सिंहदरबार, सर्वोच्च अदालत लगायत सकारी कार्यालय, व्यक्तिका घर तथा व्यावसायिक भवनमा आगो लगाइएको थियो । यसरी लगाइएको मध्ये अधिकांश आगो आफैँ निभेको थियो ।

सबै जलेर खरानी भएपछि निभाएको आगो मैले निभाएर भनेर जस लिन खोज्नुको कुनै औचित्य नभएको पोखरेलले उल्लेख गर्नु भएको छ । ‘२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो तर एक महिना पछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ, लज्जाशरणम्’, पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।

सिंहदरबार जल्दा पनि मौन बसेको भन्दै नेपाली सेनाका तीव्र आलोचना भएपछि सेनाले घटना भएका एक महिना भन्दा पनि पछि स्पष्टीकरण दिँदै आगो निभाउन काठमाडौं महानगरको दमकल आएको भन्दै बालेनकाे बचाउ गरेको छ । यस अघि बालेनले पटक पटक  सिंहदरबार जलाउने धम्की दिँदै आउनु भएको थियो ।