काठमाडौं, कात्तिक १ । जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक शनिवार एमाले केन्द्रीय कार्यालय च्यासल पुग्नुभएको छ ।
सम्पर्क समन्वय समितिले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली शनिवार जेनजी आन्दोलनमा आजगनीबाट खरानी बनेको च्यासलस्थित केन्द्रीय कार्यालय पुग्नुभएको हो ।
अध्यक्ष ओली च्यासल पुग्दा नेता–कार्यकर्ताहरूले नारावाजीसहित स्वागत गरे । ‘केपी बा वि लभ यू’ भन्ने नारासहित उपस्थित नेता तथा कार्यकर्ताले अध्यक्ष ओलीको स्वागत गरेका हुन । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य त मञ्चबाट उत्रिएरै अध्यक्ष ओलीलाई स्वागत गर्न जानुभयो भने बरिष्ठ उपाध्यक्ष ईश्वर पाखेरेलसहितका पदाधिकारीहरुले ताली बजाएर स्वागत गर्नुभएको थियो ।
फोटोफिचर









































प्रतिक्रिया दिनुहोस्