जनता टाइम्स

८ मंसिर २०७६, आईतवार ११:२६

महाबौद्ध गुम्बाको सुनको जलप लगाइएको मूर्ति चोरी


चितवन, मंसिर ८

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उहाँले बताउनुभयो ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । दानपेटिकामा लाखौँ रुपैयाँ रहेको उहाँले बताउनुभयो । आज बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।