जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार १७:३५

केपी ओलीले सार्वजनिक गरे राष्ट्रपतिलाई दिएको सिफारिस


काठमाडौं, कात्तिक २ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई गर्नुभएको सिफारिस पत्र सार्वजनिक गर्नुभएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रेस चौतारी नेपालले आज आयोजना गरेको सम्पादकसँगको संवादमा सिफारिसको ब्यहोरा नै पढेर सार्वजनिक गर्नुभएको हो ।

यस्तो छ सिफारिश

वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनु पर्ने आवश्यकता भएकोले र यसको समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्छ सिफारिस गर्दछु ।

केपी शर्मा ओली
प्रधानमन्त्री