जनता टाइम्स

३ कार्तिक २०८२, सोमबार १२:४७

गृहमन्त्री नै फैलाइरहेकाछन् अफवाह, अमेरिका भागे भनिएका पूर्वमन्त्री निवासमै


काठमाडौं, कात्तिक ३ । अन्तरिम सरकार गृहमन्त्री ओमप्रकाश अर्याल आफै गलत सूचना दिएर अफवाह फैलाउने सुनियोजित योजनामा रहेको तथ्य खुलेको छ ।

गृहमन्त्री अर्यालले एक जना पूर्वमन्त्रीको बिषयमा दिनुभएको बयान झुट सावित भएपछि यो ग्य्राण्डडिजाइनको पर्दाफास भएको हो । गृहमन्त्री अर्यालले अमेरिका भागेका भनेका नेपाली कांग्रेसका नेता तथा पूर्वउर्जा तथा जलस्रोत मन्त्री दीपक खड्का आफ्नो जलेको घरमा सार्वजनिक भएपछि अर्यालको झुटको पर्दाफास भएको हो ।

अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि खड्का भागेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । देशको गृहमन्त्रीले अमेरिका भागिसक्यो भनेको व्यक्ति राजधानीमा नै हुनेले कि त उहाँले सफेद झुटको खेति गरेको वा उहाँलाई कुनै पनि कुराको सूचना नै छैन भन्ने कुरा प्रमाणित गरेको छ ।

सोमबार पत्रकारसँग कुरा गर्दै खड्काले केही मिडियाले आफ्नो विरुद्ध कुप्रचार गरिएको बताउनु भयो । काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको भनाई उधृत गर्दै आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताउनुभयो । ‘म किन देश छोडेर भाग्छु ? पत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो, तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो, म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट होइन’, खडकाले भन्नुभयो ।

मुलुकलाई अस्थिर बनाउने उद्देश्यले भदौ २३ र २४ को घटना भएको उहाँले बताउनुभयो । ‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो’, खड्काले भन्नुभयो ।

खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गर्नुभयो । खड्काले आफू भुईँबाट उठाको मानिस भएकोले जस्तोसुकै अप्ठेरोमा पनि नआत्तिने बताउनुभयो । उहाँले देशवासीलाई पनि धैर्यताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।