जनता टाइम्स

३ कार्तिक २०८२, सोमबार २०:३८

झिलिमिलि तिहार : गाउँदेखि सहरसम्म उज्यालो उत्सवको रौनक


काठमाडौं । गाउँदेखि सहरसम्म अहिले तिहारको झिलिमिलि छाएको छ । घर–घरमा बिजुलीका बत्ती र दियोको उज्यालोले चारैतिर चहकिलो बनेको छ । लक्ष्मीपूजासँगै रंगोली र बत्तीकै रौनक देखिएकाे छ।

केटाकेटीदेखि बुढाबुढीसम्म सबैको व्यस्तता बेग्लै छ । कतै भैलो खेल्ने तयारी, कतै लक्ष्मीपूजाको सरसफाइ र सजावटमा घरभरि चहलपहल छ । बजारमा रंगोली, दियो, फूलमाला, मिठाई र बत्ती किन्नेहरूको भीड बाक्लिएको छ ।

गाउँका गल्लीदेखि शहरका सडकसम्म अहिले उत्सवको झल्को एकैछिनमा महसुस गर्न सकिन्छ । कतै बिजुलीका बत्तीले घर झिलिमिल पारिएका छन् भने कतै परम्परागत दियोको उज्यालोले झकिझकाउ पारिएको छ ।

तिहारको यो अवसरमा परिवार, साथीभाइ र छरछिमेकीबीच माया, मित्रता र आपसी सद्भावको आदानप्रदान हुँदैछ । उज्यालोको यो पर्वले अन्धकारमाथि प्रकाश, दुःखमाथि खुशी र असहमतिमाथि सहमतिका सन्देश फैलाइरहेको छ ।