जनता टाइम्स

७ कार्तिक २०८२, शुक्रबार १७:५४

पूर्वमन्त्री दाहालले गरे आगजनीबाट ध्वस्त एमाले अध्यक्ष केपी ओलीको डेरावाला घरदेखि सरकारी कार्यालयसम्म निरीक्षण


झापा, कात्तिक ७ । नेकपा एमालेका नेता एवम् निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरूको अवलोकन गर्नुभएको छ ।

गत भदौ २३ र २४ गते आगजनी र तोडफोड गरिएका कार्यालयहरुको उहाले शुक्रबार अवलोकन गर्नु भएको हो ।त्यस क्रममा नेता दहाल आन्दोलनका नाममा सार्वजनिक तथा निजि सम्पत्ती क्षति गरिनु निन्दनीय भएको बताउनु भयो ।

आगजनी तथा तोडफोडमा सम्लग्नको खोजी गरि कानुनी दायरामा ल्याउनु पर्नेमा उहाँले जोड दिनु भयो । दोषीहरु लाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रसय दिन नहुने उहाँको भनाइ थियो ।

एमाले पोलित्ब्युरो सदस्य दहाल सहित एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापासहितको टोलिले आगजनी गरिएका इलाका प्रहरी कार्यालय, एमाले पार्टी कार्यालय, केन्द्रीय सदस्य रोमनाथ ओलीको निवास, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवाशको अवलोकन गरेको हो ।