काठमाडौं, ९ कातिक । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल–अमेरिका र यूएईबीच आजदेखि सुरु भएको खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अमेरिकाका लागि दुई जना ब्याटरले अर्धशतकीय इनिङ्स खेले । ओपनर समित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका उनले ९ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै मिलिन्द कुमारले ५० बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७० रन बनाए । साइतेजा मुक्कमल्लाले ४२ रन बनाउँदा सुभम रजनीले १९, हरमित सिंहले ८ बलमा अविजित १६, आन्द्रे गौस र सायद जहांगिरले ११÷११ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
विश्वकप लिग २ : अमेरिकाले दियो नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य














प्रतिक्रिया दिनुहोस्