काठमाडौं, मंसिर ९ । कुटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ ।
नयाँपत्रिका दैनिकका अनुसार डिआइजी श्रेष्ठ गत मंसिर ६ गते दिउँसो बा२झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृहमन्त्रालय स्रोत बताउँछ । यस विषयमा आइतबार गृहमन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ । सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन सुरु भएको पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस्