जनता टाइम्स

११ कार्तिक २०८२, मंगलवार ११:५६

जेनजी आन्दोलनको नाममा जलाइएको एमाले पार्टी कार्यालय मर्मत हुँदै 


काठमाडौं, कात्तिक ११ । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम भइरहेको छ ।

च्यासल स्थित पार्टी केन्द्रीय कार्यालय निर्माणको कामलाई तीव्रता दिएको हो । आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रंगरोगनका काम भइरहेको छ ।

पार्टी कार्यालयको भवन छिटो भन्दा छिटो मर्मत गरी कार्यालयबाट नियमित काम सञ्चालन गरिने नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालयको भवन नहुँदा अहिले कार्यालय परिसरमा पाल टाँगेर नियमित काम सञ्चालन भइरहेको छ ।

जेनजी आन्दोलनका नाममा अराजक जत्थाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका थिए । पार्टी कार्यालयका कतिपय सामान लुटेर लगेका थिए ।