जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १२:४८

अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीचको उच्चस्तरीय भेटवार्ता सकियो


काठमाडौं,  कात्तिक १३ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङबीचको भेटवार्ता सकिएको छ । उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच कुनै पनि किसिमको व्यापार सम्झौता नभएको बीबीसीले उल्लेख गरेको छ ।ट्रम्प र सीबीच दक्षिण कोरियामा भेट भएको हो । यसअघि दुई नेताबीचको भेटपछि व्यापार तनाव हट्ने अपेक्षा गरिए पनि कुनै सम्झौता नहुँदा तनाव झन् बढ्न सक्ने अनुमान गरिएको छ । वार्ताबाट ठोस परिणाम ननिस्कँदा अमेरिका–चीनबीचको प्रतिस्पर्धा फेरि बढ्ने देखिएको छ ।