जनता टाइम्स

९ मंसिर २०७६, सोमबार १३:०८

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु


काठमाडौं, मंसिर ९

२८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा बिरुद्धको अभियान आजबाट शुरुवात भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ नेपालमा मनाइदैछ ।

 

अभियानको शुरुवात आज विहान राजधानीमा राष्ट्रिय महिला आयोगको नेतृत्वमा ¥याली कार्यक्रमको आयोजना गरिएको थियो । ¥यालीमा सरकारी कार्यालय, प्रहरी, ट्राफिक प्रहरी, नागरिक समाज, युवाहरु, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु सहित १०० भन्दा बढिको सहभागिता रहेको थियो । भृकुटीमण्डपदेखि शुरुवात भएको सो ¥याली शहिदगेट न्यूरोट, शान्तीबाटिका हुँदै राष्ट्रिय सभा गृहको चौरमा कोण सभामा परिणत भई समापन गरिएको थियो ।

सहभागीहरुले लैंगिक समानता माग होइन : हाम्रो अधिकार हो , लैंगिक हिंसा अन्त्य गर, महिलाको कामको सम्मान : देशको निर्माण, महिला रोकिए संसार रोकिन्छ भन्ने जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए । नोभेम्बर २५ महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर शुरुवात भएको यस अभियान १० डिसेम्बर अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १६ दिनसम्म विभिन्न कार्यक्रमहरु सहित मनाइन्छ ।

सोही दिवसको अवसर पारेर सँधै वर्ष झैं ओरेक नेपालले यस वर्ष पनि मा अन्वेषी : महिला हिंसाको वर्षपुस्तक राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको उपस्थितिमा पुस्तक विमोचन समारोह पनि आयोजना गर्दैछ ।

अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वास पात्र या जीवन साथीबाट भोगेका पाइएको छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा सरकारले सोमबार गर्ने भनेको विषेश कार्यक्रम आउने २२ गते हुने भएको छ ।