जनता टाइम्स

१४ कार्तिक २०८२, शुक्रबार ०९:१७

‘एलिना ! तिमीलाई हेप्ने खोज्नेहरुका लागि हाम्रो मौनता प्रलय बन्न सक्छ’


काठमाडौं, कात्तिक १४ । गायिका एलिना चौहानका दाई प्रल्हाद चौहानले बहिनीको बिवादबारे मुख खोल्नुभएको छ । अमेरिका यात्राको क्रममा आयोजकबाट अपमानित भएको घटना एलिनाले सार्वजनिक गरेपछि बिवादमा तानिएकी बहिनीको स्वाभिममानको चर्चा गर्द दाई प्रल्हादले यस्तो बताउनु भएको हो ।

‘मेरी प्यारी बहिनी एलिना चौहान ! तिमी मात्र एउटा नाम होइन, हिम्मत, इज्जत र आत्मविश्वासको पहिचान हौं । यो दाइ मात्र होइन, तिम्रो सारा परिवार तिमीमा गर्व गर्छ—हाम्रा शिर तिम्रा कर्मले उच्च भएका छन, जुन दिन कसैले तिमीलाई हेप्ने सोच्यो, त्यो दिन हाम्रो मौनता पनि उसका लागि प्रलय बन्न सक्छ,’ प्रल्हादको भनाई छ ।

बहिनीका स्वाभिमानसामू सवै झुक्न बाध्य हुनुपर्ने भन्दै प्रल्हादले कठिनाई आए डराइहाल्नु नपर्ने सुझाव पनि बहिनी एललिनालाई दिनभएको छ ।
तिमी नझुक्ने मान्छे हौ, तिमी आफैं उज्यालो र आत्मसम्मानको रूप हौ । नेपालमा तिमीभन्दा बलियो आवाज कसैको छैन–तिम्रो स्वरले देश हल्लाउँछ । तिमीलाई देशले मात्र होइन, संसारले चिनेको छ– तिमी हाम्रो अभिमान हौ, कठिनाइ आए डराइहाल्नु पर्दैन–हाम्रो परिवार, तिम्रो शक्ति सधैं तिम्रो ढाल बनेर उभिएको छ । आफ्नो बाटोमा गर्वका साथ अघि बढ, किनकि तिमी हाम्रो परिवारको शान र देशको आवाज हौं, प्रल्हादको भनाई छ ।

एलिनाका दाई प्रल्हादको भनाई जस्ताको तस्तै

मेरी प्यारी बहिनी एलिना चौहान ! तिमी मात्र एउटा नाम होइन, हिम्मत, इज्जत र आत्मविश्वासको पहिचान हौं । यो दाइ मात्र होइन, तिम्रो सारा परिवार तिमीमा गर्व गर्छ—हाम्रा शिर तिम्रा कर्मले उच्च भएका छन, जुन दिन कसैले तिमीलाई हेप्ने सोच्यो, त्यो दिन हाम्रो मौनता पनि उसका लागि प्रलय बन्न सक्छ । तिमी नझुक्ने मान्छे हौ, तिमी आफैं उज्यालो र आत्मसम्मानको रूप हौ । नेपालमा तिमीभन्दा बलियो आवाज कसैको छैन–तिम्रो स्वरले देश हल्लाउँछ । तिमीलाई देशले मात्र होइन, संसारले चिनेको छ– तिमी हाम्रो अभिमान हौ, कठिनाइ आए डराइहाल्नु पर्दैन–हाम्रो परिवार, तिम्रो शक्ति सधैं तिम्रो ढाल बनेर उभिएको छ । आफ्नो बाटोमा गर्वका साथ अघि बढ, किनकि तिमी हाम्रो परिवारको शान र देशको आवाज हौं ।