काठमाडौं, मंसिर ९
विद्यार्थीहरुले त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथी हातपात गरेका छन् । भर्ना शुल्कको विषयलाई लिएर उनिहरुले प्रमुख न्यौपानेमाथी हातपात गरेका हुन् ।
सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले न्यौपानेलाई कुटपिट गरेका हुन् । विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्