काठमाडौं, कात्तिक १४ । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई निर्देशन दिएको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन) को निर्देशनअनुसार महानगरले सूचना जारी गरेर फोहोर घर बाहिर ननिकाल्ने निर्देशन दिएको हो ।
बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निष्काशन हुने फोहोर सुरक्षित तरिकाले घरको कम्पाउण्डभित्रै राख्न भनेको हो । बञ्चरेडाँडाका स्थानीयले मेयर बालेनको खोजी गर्दै फोहोर बिसर्जनमा अवरोध गरेका छन ।
स्थानीय प्रभावितसँग बार्ता गर्न समेत अस्वीकार गरेर बालेन आफैले फोहोर बिसर्जनमा बाधा हालेको उनीहरुको भनाई छ । फोहोर बिसर्जनमा अवरोध भएपछि बालेनले महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागलाई सूचनामार्फत फोहोर घर बाहिर ननिकाल्न निर्देशन दिन लगाउनु भएको हो ।
बिभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ््नो घरबाट निस्कासन हुने फोहोर मैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’
पछिल्लो समय मेयर बालेन देशबिरुद्धको अपराधमा संलग्न भएको आरोप लागिरहेको छ । यही बेला महानगरवासीलाई फोहोर घरभित्रै राख्न आदेश जारी गर्न लगाउनु भएको हो । काठमाडौं महानगरपालिकामा बालेन मेयर बनेपछि राजतन्त्र जसरी एकल आदेश र फर्मानअनुसार काम हुने गरेको छ । बालेनको आदेशबिना केही गर्न नपाइने महानगरको मान्यता नै बनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्