जनता टाइम्स

१४ कार्तिक २०८२, शुक्रबार २२:१८

प्रचण्ड र भारतका लागि एमाले विभाजन गरेका माधवले आफ्नै नेतृत्वको नेकपा एस पनि फुटाए


काठमाडौं, कात्तिक १४ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतका लागि नेकपा एमाले विभाजन गर्नुभएका माधवकुमार नेपालले आफ्नै नेतृत्वको दल पनि फुटाउनु भएको छ ।

एमालेमा अल्पमतमा परेर फुट रोज्नुभएका नेपाल नेकपा एकीकृत समाजवादीमा भने बहुमतको आडमा विभाजनको बाटो रोज्नुभएको हो । माधवकै अध्यक्षतामा आज सम्पन्न केन्द्रीय समिति बैठकले नेकपा एकीकृत समाजवादी पार्टी विघटन गरी नेकपा माओवादीमा एकता (विलय) गराउने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीभित्र प्रभावशाली नेता जति सबै सो निर्णयको विपक्षमा खडा भएका छन् । सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, चर्चित नेतृ रामकुमारी झाँक्री, आरती लामा, दामोदर अर्यालले नोटअफ डिसेन्टसहित नयाँ दल गठनको घोषणा गर्नुभएको छ ।

‘मसँग बहुमत छ, मेरो हुकुम चल्छ यहाँ त’ भन्दै माधवले बैठक सकाएर पार्टी विघटन भयो भन्दै हिँड्नुभएको बैठकमा सहभागी नेताहरूको भनाई छ । प्रचण्ड मुनीको बरीयतामा रहने गरी सहअध्यक्ष वा सहसंयोजक बन्न माधव त्यता लाग्नुभएको हो ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा माधवले सम्मानित नेता झलनाथ खनाललाई बोल्नसमेत नदिएर माओवादीसँग एकता गर्ने निर्णय सुनाएर बैठक समापन गरी हिँड्नुभएको छ । ‘मसँग बहुमत छ, मेरो हुकुम चल्छ यहाँ त’ भन्दै माधवले बैठक सकाएर पार्टी विघटन भयो भन्दै हिँड्नुभएको बैठकमा सहभागी नेताहरूको भनाई छ । प्रचण्ड मुनीको बरीयतामा रहने गरी सहअध्यक्ष वा सहसंयोजक बन्न माधव त्यता लाग्नुभएको हो ।

माधवले केन्द्रीय कमिटीमा बहुमत जुटाए पनि तल्लो तहका ७० प्रतिशत कार्यकर्ता माओवादीमा मिसन नजाने अडानमा छन् । नेकपा एसमा भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरिसकेको अभियुक्तलाई प्रमुख नेता नमान्ने प्रस्ताव आएपछि माधवले पार्टी नै विघटन गरिदिएर माओवादीमा मिसिएको झलनाथ पक्षको भनाई छ ।