जनता टाइम्स

१५ कार्तिक २०८२, शनिबार १६:५८

झलनाथ एमालेमा फर्कन तयार, अघि सारे एकसूत्रीय प्रस्ताव


काठमाडौं, कात्तिक १५ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कन कुनै आपत्ति नरहेको बताउनु भएको छ ।

अध्यक्ष माधव नेपालको समुह माओवादीमा बिलय हुने निर्णयसहित हिडेपछि पार्टी पुनर्गठनमा जुटनु भएका पूर्वप्रधानमन्त्री खनालले शनिवार एमाले फर्कन कुनै आपत्ति नरहेको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा फर्कनुअघि आफूहरू पार्टीलाई एकीकृत बनाउने काममा लागेको पनि बताउनु भयो ।

खनाल समुह माओवादीमा नजाने निर्णयसहित अघि बढेको छ । शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुनेक्रममा नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताउनु भयो । खनालले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको पनि बताउनु भयो । नेता खनालले उचित वातावरण बनाए नेकपा एमालेमा फर्कन कुनै आपत्ति नरहेको भन्दै कार्यकर्तालाई उत्साहित पार्नुभयो ।

यद्यपि, उहाँले एमाले अध्यक्ष केपी ओलीले घर फर्क भनेर मात्रै नहुने बताउनु भयो । घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने खनालको एकसुत्रीय सर्त सुनाउनु भयो । खनालले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा पनि राख्नुभयो ।

‘केपी ओलीको अपिल सकारात्मक छ । तर केपी ओलीले घर फर्क भनेर मात्रै हुँदैन । घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपद्र्ध र बस्ने ठाउँ पनि राम्रो बनाउनुपर्छ । त्यो काम हुनसाथ कसैलाई आपत्ति हुन्न, खनालले भन्नुभयो ।

यस्तै उहाँले माधव नेपाल समुहको काम र लक्ष्य दुवै भनेकै एमाले र केपी ओलीलाई गाली गर्नेबाहेक अरु कुनै नभएको प्रष्ट पार्नुभयो । एमाले र केपी ओलीलाई गाली गर्नेबाहेक कुनै योजना छैन । त्यस्तो निकम्माहरु सवै खराव कुरा आफैसँग लिएर गए, हामी राम्राजति यतै छौं, पार्टी हामीले बनाउँछौं,’ खनालको भनाई थियो ।

माओवादीमा बिलय हुने नेकपा एसको निर्णयलगत्तै शुक्रवार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैले रगत पसिना बगाएको पार्टी एमालेमै फर्कन नेकपा एसका सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको थियो ।ओलीको सो अपिलपछि नेकपा एसका धेरै नेता कार्यकर्ता अव एमालेमै फर्कनुपर्छ भन्दै उत्साहित बनेर खनाललाई साथ दिइरहेका छन ।

यही उत्साहलाई परिणाममुखी बनाउन खनालले एमालेमा फर्कन तयार रहेको भन्दै एकसूत्रीय प्रस्ताव अघि सार्नुभएको हो ।