काठमाडौं, १५ कात्तिक । नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो।
यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ʻपार्टीको महाधिवेशन तोकिएको समय मंसिर २७ देखि २९ गतेसम्म हुनेछ। पोखराको सट्टा काठमाडौँमा गर्ने निर्णय भएको छ।ʼ उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताउनुभयो।
उहाँले प्रतिनिधि चयन मंसिर१३ गते शनिबार देशभर एकै दिन हुने बताउनुभयो। प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उहाले बताउनुभयो ।
उहाँले भन्नुभयो,ʻप्रतिनिधि चयनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र आधार मानेका छौँ। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर दुई जना खुल्ला, एक जना महिला, एक जना ४० वर्ष मुनिका युवा गरी हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ४ जना निर्वाचित हुनुहुनेछ।ʼ एमाले महाधिवेशनमा करिब २१०० प्रतिनिधि सहभागी हुनेछन्।













प्रतिक्रिया दिनुहोस्