जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार २२:१६

माफी कसले माग्ने ? राष्ट्रियताका नायक केपी ओलीले कि सिंहदरबार जलाउने लुसिफरहरूले माग्ने ?


कुनै फुर्का हालेर वा बढाइचढाइ भनिरहनु पर्दैन, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भएका कार्यहरू आफैँ तथ्य बनेर बोल्दछन् । सुरुङ युगमा प्रवेश, स्वदेशी जलविद्युत् उत्पादनमा गुणात्मक छलाङ, पहिलो पटक भारतलाई बिजुली निर्यात, निरन्तर चौबीसै घण्टा लोडसेडिङ अन्त्य, सिङ्गो देशमा सामाजिक सुरक्षा भत्ता विस्तार, कोभिड संकटमा राष्ट्रव्यापी स्वास्थ्य संरचना निर्माण, चुच्चे नक्सा जारी गर्दै भू-रक्षा जस्ता कामहरू केपीकै पालामा भएका हुन ।

डा. टीका ढकाल

नेपालको समसामयिक राजनीतिक इतिहासमा नेकपा (एमाले) नेतृत्व र विशेषता अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल राष्ट्रिय स्वाभिमान, विकासीय स्पष्टता र परिवर्तनको गति भएको कालखण्डका रूपमा दर्ज हुन्छ । तर, विडम्बना यही प्रगतिशील यात्रालाई अन्त्य गर्न देशभित्र रहेका केही राजनीतिक ठेकेदार र बाह्य स्वार्थ समूहको साझा षड्यन्त्र सक्रिय बन्यो ।

यति मात्र होइन, नेतृत्वलाई बदनाम गर्न निर्दोष स्कुले बालबालिकासमेतलाई दुरुपयोग गरियो । भावनात्मक मनोव्यथामा खेलबाडी गरियो र लोकतन्त्रको नाममा लोकतन्त्रकै मूल्यहरूमाथि सङ्गिन हमला गरियो । यस्तो अमानवीय, अधोगामी र सत्तालिप्साको खेलको सामु आज पनि प्रश्न उठ्छ माफी कसले माग्नुपर्छ ? राष्ट्रको हितमा खडा भएको नेतृत्वले कि राष्ट्रलाई अस्थिरता, अविश्वास र विदेशी हस्तक्षेपको नदीमा धकेल्ने बहुरुपिया लुसिफरहरूले ?

कुनै फुर्का हालेर वा बढाइचढाइ भनिरहनु पर्दैन, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भएका कार्यहरू आफैँ तथ्य बनेर बोल्दछन् । सुरुङ युगमा प्रवेश, स्वदेशी जलविद्युत् उत्पादनमा गुणात्मक छलाङ, पहिलो पटक भारतलाई बिजुली निर्यात, निरन्तर चौबीसै घण्टा लोडसेडिङ अन्त्य, सिङ्गो देशमा सामाजिक सुरक्षा भत्ता विस्तार, कोभिड संकटमा राष्ट्रव्यापी स्वास्थ्य संरचना निर्माण, चुच्चे नक्सा जारी गर्दै भू–रक्षा जस्ता कामहरू केपीकै पालामा भएका हुन ।

यसै गरी भौतिक पूर्वाधारमा ऐतिहासिक उपलब्धि (तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय सडक ,सुरुङ मार्ग, रेल तथा ड्राइ पोर्ट तयारी), विदेश नीतिमा स्वाभिमानी कूटनीतिक हैसियत र युवा तथा प्रविधि क्षेत्रमा डिजिटल आधारभूत संरचनाको प्रारम्भ पनि ओली कालका प्रमाण हुन । यी उपलब्धिले स्वयं आफ्नो पहिचान कत्ति छिपाउनु पर्ने छैन । इन्टरनेट पहुँच, नागरिकता वितरण, उद्योग–व्यापार सुगम गर्ने विधायकी कदम र राष्ट्रिय आत्मविश्वास निर्माण जस्ता काम पनि कुनै आकस्मिक उपलब्धि थिएनन् । यी त नेशन फस्ट (राष्ट्र पहिले) भन्ने ओली डक्टिनको व्यवहारिक स्वरूप हुन ।

यिनै उपलब्धिको पृष्ठभूमिमा उभिएर सोच्दा केपी ओलीले राष्ट्रहितमा दृढ भएर बोले, काम गरे, विदेशीको आदेश अस्वीकार गरेर देशको पक्षमा जोखिम उठाए । तर ओलीको सफलता, लोकप्रियता र राष्ट्रिय दृष्टिले असहज भएकाहरूले के गरे ? देशको भविष्य, बालबालिकाको मनोविज्ञान र लोकतन्त्रको विश्वसनीयतालाई राजनीतिक खेलको साधन बनाए । जेनजीको संवेदनशीलता, युवा भावना र विद्रोही ऊर्जालाई सकारात्मक राष्ट्रनिर्माणमा होमिनुपर्ने बेलामा कतिपय समूहले त्यसलाई षड्यन्त्र र भ्रामक अभियानको ज्वलनशील इन्धन बनाए । नैतिकता, कानुनी जिम्मेवारी र लोकतान्त्रिक मर्यादा भत्काउनेहरूलाई समर्थन गर्नेहरू नै आज ‘माफी’ को भाषा बोल्छन् भने त्यो लोकतन्त्रप्रति अपमान र जनताको विवेकमा चुनौती हो भन्न हिचकिचाउनु पर्दैन ।

माफी त त्यसले माग्नुपर्छ, जो सत्ता प्राप्तिका लागि बालबालिकालाई सडकमा उतार्छ, जो सिंहदरबार जलाउने कामको नेतृत्व गर्छ । जो राष्ट्रको नक्सा अपमानित हुँदा मौन रहन्छ, जो विदेशी सङ्केतमा देशको नीति मोड्छ, जो लोकतन्त्रको नाउँमा जनादेशमाथि खेलबाड गर्छ र जो सत्ताको लालचमा राष्ट्रिय स्वाभिमान र स्थायित्व बलिदान दिन तत्पर हुन्छ । यो काम गर्नेहरू नै देशको उज्यालो भविष्य निर्माणमा निरन्तर जुटेको केपी ओलीमाथि नै आक्षेप लगाउँछ र माफी माग भन्छ भने नेपाली जनतालाई स्वीकार्य छैन भन्ने कुरा बेलैमा हेक्का राख्दा हुन्छ ।

देश बनाउनेहरू आज पनि उस्तै अडानमा छन् । द्रोही समयले इतिहास छेक्न सक्दैन तर इतिहासले देशद्रोहीहरूलाई माफी दिनेछैन, सदैव मातृभूमिले धिक्कार्नेछ । नेपाल एकतामा बलियो हुन्छ, हिम्मतमा सफल हुन्छ र आत्ममर्यादामा समृद्ध हुन्छ । र त्यो यात्रा पुनः सुदृढ रूपमा अघि बढाउने शक्ति नेकपा (एमाले) हो, यो धरातलीय यथार्थरुपी सच्चाइलाई नेपाली जनताले समय छँदै बुझ्न जरुरी छ, स्विकार्नु नै राष्ट्रको हितमा छ । अन्यथा पछुताउनुबाहेक कुनै कुरा बाँकी रहने छैन 

भौतिक विकास र नीतिगत निरन्तरताबिना राष्ट्र उभिँदैन । आज एमालेलाई अस्वीकार गर्नु भनेको नेपालका उपलब्धिलाई अस्वीकार गर्नु हो । एमालेको वैचारिक स्पष्टता, राष्ट्रवाद, सुशासन, आर्थिक आत्मनिर्भरता र सामाजिक न्याय र यिनको राजनीतिक मूल्य जनताले बुझ्नुपर्छ । किनकि इतिहासले देखाइसकेको छ, देश बनाउने पार्टी नेकपा एमाले हो । देश जलाउनेहरू नाङ्गो नाच देखाउँदै छन्, तथ्यबाटै छर्लङ्ग भइसकेको छ ।

अब समय राष्ट्रहितको नयाँ पृष्ठ लेख्ने हो । जसको लागि युवा पुस्तालाई साँचो तथ्य, साँचो इतिहास र साँचो नेतृत्व पहिचान गराउनु अनिवार्य छ । माफीको कुरा उठेमा ओलीको होइन, राष्ट्रप्रति बेइमानी गर्नेहरू, भित्रै बसेर मुखुण्डोमा बहुरुपिया बनेका, राजनीतिक व्यापारको खेलमा मातृभूमि नै जोखिममा पुर्‍याउनेहरूको माफी माग्न आवश्यक छ । राष्ट्र प्रेमको आवाज आज यही भन्छ । अब विभाजन होइन, राष्ट्रिय उद्देश्यसँगको ऐक्यबद्धता, भ्रामक नारा होइन, विकासको प्रमाण, आरोपको राजनीति होइन, उपलब्धिको राजनीति गर्नुपर्छ ।

देश बनाउनेहरू आज पनि उस्तै अडानमा छन् । द्रोही समयले इतिहास छेक्न सक्दैन तर इतिहासले देशद्रोहीहरूलाई माफी दिनेछैन, सदैव मातृभूमिले धिक्कार्नेछ । नेपाल एकतामा बलियो हुन्छ, हिम्मतमा सफल हुन्छ र आत्ममर्यादामा समृद्ध हुन्छ । र त्यो यात्रा पुनः सुदृढ रूपमा अघि बढाउने शक्ति नेकपा (एमाले) हो, यो धरातलीय यथार्थरुपी सच्चाइलाई नेपाली जनताले समय छँदै बुझ्न जरुरी छ, स्विकार्नु नै राष्ट्रको हितमा छ । अन्यथा पछुताउनुबाहेक कुनै कुरा बाँकी रहने छैन ।

(लेखक ढकाल नेपाल बौद्धिक परिषद्का प्रचार सचिव हुनुहुन्छ सं)