जनता टाइम्स

१८ कार्तिक २०८२, मंगलवार ११:१६

आठ दलको एकता माथि महेश बस्नेतको टिप्पणी : एकै घाटमा कुकुर–बिरालोदेखि हात्ती र घोडासम्म पानी पिउँदै छन् भने बुझ्नुस् अर्को घाटमा सिंह एक्लै छ  


काठमाडौं, कात्तिक १८ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पछिल्लो समय देशको वाम राजनीति र दलगत समीकरणबारे तिखो टिप्पणी गर्नुभएको छ ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूबिच भइरहेको ‘एकता’ बहसलाई व्यङ्ग्यात्मक रूपमा टिप्पणी गर्दै एमाले नै देशको वास्तविक शक्तिकेन्द्र भएको दाबी गर्नुभएको छ ।

बस्नेतले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘प्रचण्ड, माधव नेपाललगायत ७–८ वटा दलहरू अहिले एकैचोटी एकताको कुरा गरिरहेका छन्, यो अवस्थालाई यसरी बुझ्न सकिन्छ- हिन्दीमा एउटा कहावत छ, अगर एक ही घाट पर कुत्ता, बिल्ली, घोड़े, हाथी, गधे, लोमड़ी सब एकसाथ पानी पी रहे हैं, तो समझ लेना कि दूसरे घाट पर शेर अकेला खड़ा है।

उहाँले थप लेख्नुभएको छ, ‘शेर को हो, त्यो तपाईँहरूले आफैँ बुझ्न सक्नुहुन्छ ।’

बस्नेतको यो अभिव्यक्तिलाई प्रचण्ड नेतृत्वको गठबन्धनमाथि गरिएको राजनीतिक व्यङ्ग्यका रूपमा लिइएको छ । उहाँले सो भनाइमार्फत एमालेको आत्मविश्वास र स्वतन्त्र राजनीतिक हैसियत देखाउने दल भएकाे स्पष्ट पार्नु भएकाे छ ।