काठमाडौं, कात्तिक १८ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीलगायत विध्वंसकारी घटनाप्रति न्यायालय कठोर रुपमा प्रस्तुत भएको छ । आन्दोलनको नाममा नियोजित रूपमा आगजनी गराइएको घटनाको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् ।
अदालतले जाहेरी दिए पनि कसैको नाम किटान नगरी त्यसबेलाको भिडियोदेखि प्रत्यक्षदर्शीको सूचनाको आधारमा अनुसन्धान गर्न प्रहरीलाई भनेको छ । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले न्यायालयबाट जाहेरी पाएसँगै अनुसन्धान अघि बढाइएको छ ।
‘अदालतमाथिको आगजनीका घटनामा संलग्नहरूको विषयमा अनुसन्धान अघि बढाइएको थियो, न्यायालयबाटै संस्थागत रूपमा उजुरी आएपछि अनुसन्धान तीव्र बनाइएको छ,’ एसएसपी थापाले भन्नुभयो ।
काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए ।
अदालतको यो कठोर कदमपछि जेनजी आन्दोलनमा घुसपैठ गरी आगजनी र तोडफोडमा संलग्न विध्वंसकारीहरूको अबको यात्रा जेल हुने प्रष्ट सङ्केत मिलेको छ । अहिलेसम्म अदालतले संस्थागत रूपमा प्रहरीमा उजुरी दिएको थिएन । नेपालको इतिहासमै अदालतमा यसरी सुनियोजित आक्रमण भएको र अदालतले पनि संस्थागत रूपमा प्रहरीमा उजुरी दिएको सम्भवतः यो नै पहिलो घटना हो

सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण सङ्कलन गरी जाहेरी दिने तयारी गरिरहेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आपराधिक समूहले सर्वोच्च अदालतदेखि उच्च र जिल्ला अदालतसम्म योजनाबद्ध आक्रमण भएको थियो । अदालतको यो कठोर कदमपछि जेनजी आन्दोलनमा घुसपैठ गरी आगजनी र तोडफोडमा संलग्न विध्वंसकारीहरूको अबको यात्रा जेल हुने प्रष्ट सङ्केत मिलेको छ ।
अहिलेसम्म अदालतले संस्थागत रूपमा प्रहरीमा उजुरी दिएको थिएन । नेपालको इतिहासमै अदालतमा यसरी सुनियोजित आक्रमण भएको र अदालतले पनि संस्थागत रूपमा प्रहरीमा उजुरी दिएको सम्भवतः यो नै पहिलो घटना हो ।













प्रतिक्रिया दिनुहोस्