ओली निवास जल्यो सॅगै महेशको घर
डमरु चलाए बघिनीको झाप्पु जान्न खेर
ओली रक्षामा गुण्डुमा जनदेवता प्रकट
तॅलाई मालुम् छ कि यो कुरा भन ?
कोइराला निवास, कृष्णप्रसाद आश्रम
गणेशमान निवास जले शेष केही रहेन
विश्व-गगनको आत्मसमर्पण र मौनता
तॅलाई मालुम् छ कि यो कुरा भन ?
बेलायत आयो ६०० खण्ड भारत गाभेर गयो
हाम्रो नेपाल उल्टै आधा ताछेर उतै पारेर गयो
पूर्खाले आर्ज्याको,कुनै देश टुक्रेर नबनेको देश यो
तॅलाई मालुम् छ कि यो कुरा भन ?
प्रचण्डको ध्वंशको राजनीतिमा दुर्गा थपिए
राजावादी,रवि, बालेन पनि त्यतै लहसिए
अदालत रमिते सफाई पाए सबलै धमाधम
तॅलाई मालुम् छ कि यो कुरा भन ?
प्रचण्डलाई लेण्डुप दोर्जेको भूमिकामा उतार्न
नोयडाको दानापानी गयो खेर भनेर
नक्शा नयॅा छापिदा छिमेकी क्रुद्ध थियो धेर
तॅलाई मालुम् छ कि यो कुरा भन ?
घर खान नसकेकी बारबरा र फाउण्डेसन
देश बचाउन नसकेका दलाई लामा र टीओबी
कलिला जेन्जी नानीलाई जहरिलो पानी
तॅलाई मालुम् छ कि यो कुरा भन ?
थुप्रियो धनीको धन घरघडेरीमा अथाह
गरिबी र बेरोजगारीको स्वरुप भयाबह
जलाए जल्लादले घुसेर शहरका शहर
तॅलाई मालुम् छ कि यो कुरा भन ?
प्रचण्ड,रवि, साना दल सबै विभीषण
बच्न त प्रचण्ड निवास पनि बचेन
अरुलाई खनेको खाडलमा सबै आफै पुरिए किन
तॅलाई मालुम् छ कि यो कुरा भन ?
चैत्र १५ मा ओलीलाई सेनाको ठूलो सहयोग
भदौ २३ गते जनपथ र सशस्त्रै हाइज्याक
डरले थर्थरी राष्ट्रपतिको पनि ओलीलाई नै छुरी
तॅलाई मालुम् छ कि यो कुरा भन ?
मोदीले लद्दाखमा मान्छे मारे त्यो राजधर्म
ओलीलाई सुरक्षा निकायको असहयोग चरम
तैपनि नरसंहार भनेर फसाउन लागेन शरम
तॅलाई मालुम् छ कि यो कुरा भन ?
सामाजिक सुरक्षा एमालेले दियो उहिले
ढुकुटी रित्यायो भनेर कांग्रेसले सतायो
थपियो प्रचण्ड, रवि र बालेनको अड्चन
तॅलाई मालुम् छ कि यो कुरा भन ?
मदनको हत्या मनमोहन र ओलीको गलहत्ती
जनता बलियो र नेपाल उठेको नरुचाउने सिलसिला
माधव-झलनाथ-वामदेव-विद्या-ईश्वर नै वहकिए किन ?
तॅलाई मालुम् छ कि यो कुरा भन ?

२०५४ सालमा एमाले विभाजन भयो
२०५८ सालमा देश संकटकालमा गयो
फेरि एमाले विभाजनको चार वर्षपछि हालत यस्तो
तॅलाई मालुम् छ कि यो कुरा भन ?
मदनको हत्या मनमोहन र ओलीको गलहत्ती
जनता बलियो र नेपाल उठेको नरुचाउने सिलसिला
माधव-झलनाथ-वामदेव-विद्या-ईश्वर नै वहकिए किन ?
तॅलाई मालुम् छ कि यो कुरा भन ?
दैव,दरबार र दिल्लीको रजगज सकियो
जागेका जनता नै भगवान ठहरियो
लोकतन्त्रले जनता बलियो भएको रुचेन छ
तॅलाई मालुम् छ कि यो कुरा भन ?
आयो जनताको अदालतमा सबका सब
बैंक नै छ पाप कैद भएका हजारौं फुटेज
जागेका जनताको ताकत र भकुराई हेर
तॅलाई मालुम् छ कि यो कुरा भन ?













प्रतिक्रिया दिनुहोस्