काठमाडौं, कात्तिक १९ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू कुनै बार्गेनिङ नगरी एमालेमा जान लागेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफूहरू भुईँ मान्छे भएर काम गर्ने बताउनुभयो ।
एकीकृत समाजवादीबाट गएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित एकीकृत समाजवादीका १० मध्ये अध्यक्ष माधव नेपाल कारबाहीमा पर्नुभएको र हाल रहेका ९ जना सांसदहरू मध्ये बहुमत आफूहरूको पक्षमा रहेको उहाँले बताउनुभयो । ‘एकीकृत समाजवादीले ल्याएको २ लाख ९४ हजार भोट मध्ये २ लाख भोट हामीसँग छ’, श्रेष्ठले भन्नुभयो ।
माओवादीसँग एकताको लागि माधव नेपालले अल्पमतमा पर्छु कि भनेर ८८ जना केन्द्रीय सदस्य थप्नु भएको श्रेष्ठले बताउनुभयो । एकीकृत समाजवादीका १ सय २२ जना केन्द्रीय सदस्यहरूले ६ महिना अगाडि नै सो पार्टी छाडेर एमालेमा जाने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले एमालेमा फर्कने वृहत् तयारी गरिरहेको बताउनुभयो । ‘नेकपा एमालेमा जाने रहर छ, तर लिइदिनु पर्यो, होइन तिमीहरू आउनु पर्दैन, चाहिँदैन भन्नुभयो भने देखाजाएगा’, श्रेष्ठले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्