काठमाडौं, कात्तिक २० । नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य रामकुमारी झाक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ’किसान’ लगायत नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
बुधवार पत्रकार सम्मेलन गरी निशःर्त आफ्नो मुलघर फर्कने घोषणा गर्नुभएका नेताहरू आज गुन्डु पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो । भेटमा सहभागी एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार सो छलफलपछि कात्तिक २४ गते झाक्रीसहितका नेताहरू एमालेमा फर्कने कार्यक्रम तय भएको छ ।
माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादीलगायत १० दलीय घटक एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ भने उक्त पार्टीमा झाक्रीलगायत नेताहरू एमालेमा फर्कने भन्दै जानुभएन ।













प्रतिक्रिया दिनुहोस्