काठमाडौं, कात्तिक २० । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले माधव नेपालमाथि कठोरप्रश्न गर्दै लाज पनि लजाएको दृष्य प्रस्तुत गर्नुभएको छ ।
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? भन्दै झाँक्रीले लोकले के भन्ला भन्ने पनि लागेन र ? भन्दै माधवको होस खुलाउने कामसमेत गर्नुभएको छ ।
झाँक्रीले इतिहास सम्झाउँदै माधवलाई भन्नुभएको छ, ‘आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरि बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।’
यस्तो छ झाँक्रीको कुरा
प्रिय कमरेड माधव
अभिवादन !

आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरि बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ ररु हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।













प्रतिक्रिया दिनुहोस्