जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार ११:५३

७५ वर्षिय खेमराजलाई मत माग्दा यसकारण हुदैछ गगनको आलोचना


काठमाडौं, मंसिर १०

नेपाली कांग्रेसका एंव पूर्वस्वास्थ्यमन्त्री नेता गगन थापा अहिले फेरी एकपटक विवादमा तानिएका छन् । १४ मंसिरमा हुन गईरहेको उपनिर्वाचनमा थापाले कास्की क्षेत्र नम्वर २ का उम्मेदवार खेमराज पौडेलको पक्षमा मत मागेपछि विवादमा पर्नुभएको हो ।

यद्यपी उहा अर्को दलको उम्मेदवारलाई मत मागेर विवाद भने आउनु भएको होइन् । यसको भित्रि कारण अर्कै छ । यो विवादलाई सम्झिन केही समय अगाडीको एउटा कुरा सम्झनुपर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहदा अधिकाशं नेता उहाको स्वास्थ्य लाभको कामना गरिरहनु भएको थियो । कांग्रेसकै अधिकाशं नेताले पनि स्वास्थ्यमा सुधार आओस र प्रधानमन्त्री पुन सक्रिय हुनुहोस् भनेर कामना गर्नुभएको थियो । तर, कांग्रेसभित्र आफुलाई युवा नेताको रुपमा परिचित गराउन चाहाने नेता थापा भने प्रहरीलाई पद त्यागेर आराम गर्न सुझाव दिईरहनु भएको थियो ।

नेता थापाले संसद बैठकमा ६७ वर्षिय प्रधानमन्त्रीका बारेमा यसो भन्नुभएको थियो –

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने व्यवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्नु स्वाभाविक हुने थियो । तर यहाँ यस्तो अवस्था छैन सभामुख महोदय । यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्छ । एकसे एक प्रधानमन्त्री भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्ति हुनुहुन्छ । यस्तो अवस्थामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं । मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? ‘बा धपेडी नगर्नुस्, बा आराम गर्नुस्, बा बिश्राम लिनुस् ।’ हामीले हाम्रो बालाई यति भन्न सक्छौं भने प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ।

तर, समय फेरिएको छ अहिले । यही प्रश्न अहिले गगनतिर तेर्सिएको छ । कारण हो, उहा अहिले नेपाली कांग्रेसका ७५ वर्षिय वृद्ध उम्मेदवार खेमराज पौडेलका पक्षमा भोट माग्दै हिड्नु भएको छ । विगतमा प्रधानमन्त्रीविरुद्ध जथाभावी बोलेर चर्चामा आउने खोज्ने गगन थापाको त्यो धरातल र आदर्श विचार अहिले कता गयो भनेर सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । ६७ वर्षिय प्रधानमन्त्रीलाई आराम गर भन्ने अनि वृद्धभत्ता खादै गरेका ७५ वर्षिय पौडेललाई भोट देउ भन्दै हिड्ने भनेर उहाका आलोचकले प्रश्न तेस्र्याएका छन् ।