जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १३:४७

महिलामाथि हातपात गर्ने कांग्रेस नेता पक्राउ


धरान, मंसिर १० । चुनावी प्रचारप्रचारमा हिडिरहेका महिलालाई हातपात गर्ने नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि नन्दराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं. ८ को सभागृह अगाडि नेकपाको चुनावी प्रचार अभियानमा रहेका महिला समुहलाई राईको नेतृत्वमा रहेको समुहले हातपात गरेका थिए । उनले रगतको खोला बगाईदिने, कांग्रेसलाई भोट नहाले कुखुराको भालेलाई जस्तै निमोठेर फालिदिने लगायतका गाली गर्दै महिलाहरुलाई ठेलठाल गरेका थिए ।

नेकपाका उम्मेदवार प्रकाश राईको तस्बिरसहितको पर्चा टाँस्दै गरेका महिलासँग गम र पर्चाको विटो खोसाखोस भएका थिए । खोसाखोस हुँदा गम पोखियो भने पर्चा च्यातिएको छ । उनले आफ्नो टोलमा नटाँस्न धम्की समेत दिएको स्थानीय महिला लोककुमारी श्रेष्ठले बताउनु भयो । यो कार्य निर्वाचन आचरसंहिताविपरित समेत रहेको छ । कसैको चुनावी प्रचार अभियानलाई अवरोध गर्ने कार्य गरे वा पर्चा च्याते जेल सजाय र जरिवना हुने प्रावधान रहेको छ ।

यो घट्नापछि स्थानीय महिलाहरुको उजुरीको आधारमा नन्दराज राईलाई ईलाका प्रहरी कार्यालयले धरानले नियन्त्रणमा लिएको छ । राई २०७४ सालमा वडा नं. ८ मा कांग्रेसको तर्फबाट वडाध्यक्ष पद्मा उम्मेदवार भई तत्कालिन एमालेका उम्मेदवार रुद्र लिम्बुसँग पराजित भएका थिए । उनी कांग्रेस निकट आदीबासी जनजाति जिल्ला समिति सुनसरीका अध्यक्ष समेत हुन् ।