काठमाडौं, मंसिर १०
गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३१९ हिं साका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।
लैङ्गिक हिं साविरु द्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिं साबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि ब ला त्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौ न हिंसा भएको पाइएको छ ।
ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सङ्कलित एक हजार ३१९ घटनाको करिब ६६ प्रतिशत घरेलु हिं सा तथा १२ प्रतिशत सामाजिक हिं साको तथ्याङ्कले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिं सामा रहेको बताउनुभयो । ओरेकका अध्यक्ष ज्योत्सना मास्केले तथ्याङ्कको दायरालाई फराकिलो पार्दै ‘अन्वेषी’मा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्यलगायत महिलाआन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराउनुभयो । ओरेकले ‘अन्वेषी’ सन् २००८ देखि प्रकाशन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्