जनता टाइम्स

२५ कार्तिक २०८२, मंगलवार १०:०१

रहेनन भारतीय अभिनेता धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन


काठमाडौं, कात्तिक २५ । भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उहाँको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार धर्मेन्द्रको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारको नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको छ।

बुवाको अवस्था देखेर सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिनुभएको थियो भने अर्का छोरा बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किनुभएको छ ।

यस्तै उहाँको निधनको कुरा सुनेर शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुग्नुभएको थियो ।