काठमाडौं, कात्तिक २५। चर्चित कलाकार गायिका ज्योति मगरले देशभर चलेको ‘जेनजी आन्दोलन’ कसका लागि थियो भन्दै प्रश्न गर्नु भएको छ ।
फेसबुकमा ‘डराइ डराइ पोष्ट हान्दिएँ मैले ल… जति गाली गरे नि गर्नु म कमेन्ट पढ्दिन केरे’ भन्दै उहाँले स्टाटसमा हालको जेनजी आन्दोलनलाई विभिन्न समूह र मानसिकतामा विभाजन गर्दै व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ – ‘टिकटकर जेनजी मोबाइलमा उपद्र गरेर पैसा कमाउन निस्किएका हुन्, कलाकार जेनजी युट्युबबाट डलर कमाउन चाहन्छन्, रास्वपा जेनजीहरू रवि लामिछानेलाई जेलबाट निकाल्न उत्रिएका हुन्, बालेनका जेन्जीहरू प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरी बालेनलाई प्रधानमन्त्री बनाउन,चीलमा बस्न र स्वायगवाला एटिट्युड देखाउन ।’
त्यसैगरी, उहाँले माओवादी, कांग्रेस, मधेस, राजावादी, एनजिओ–आइएनजीओ र सम्पन्न वर्गका जेनजीहरु आफ्ना-आफ्नै स्वार्थ रहेको टिप्पणी गर्नु भएको छ । मगरले फेसबुकमा लेख्नु भएको छ – ‘माओवादीका जेनजी केपी भगाएर प्रचण्डलाई देशको बागडोर दिन चाहन्छन्, कांग्रेसका जेनजी देउवा हटाएर गगनलाई सभापति बनाउन चाहन्छन्, मधेसका जेन्जीहरू “जय नेपाल” भन्दा “जय हिन्द” भन्न सजिलो ठान्छन्।’
उहाँले बार्बरा फाउन्डेसन र हुने खाने वर्गमाथि पनि कटाक्ष गर्दै लेख्नु भएको छ–‘बार्बरा फाउन्डेसनका जेनजीहरू सन्दुक रुइतको देवत्वको आडमा तिब्बत आजाद गर्न खोज्दै छन्, हुने खाने वर्गका जेनजीहरू नेताका छोराछोरीको हातको रोलेक्स घडी र लक्जरी जीवनशैली देखेर त्यसैको नक्कल गर्न निस्किएका छन्, एनजिओ र आइएनजिओका जेनजी- देशमा अस्थिरता कायम गरी मागी खाने भाँडो मा डलर आर्जन गर्न चाहन्छन् ।
त्यस्तै राजावादीहरूको पनि आफ्नै स्वार्थ रहेको उहाँको टिप्पणी छ । राजावादीका जेनजी- राजा फर्काइ आइस्यो गइस्यो, राजा साहेब,बाबु साहेब, हुकुम बक्स्यो,कृपा बक्स्यो वाला संस्कार बरकरार राख्न र हिन्दु राज्य घोषण गर्न चाहन्छन् ।
पोस्टको अन्त्यमा उहाँले गहिरो भावनात्मक वाक्य लेख्नु भएको छ। उहाँकै शब्दमा –‘तर अपवादमा कोही कोही चाहिँ आम जेनजी थिए, जसलाई देशको चिन्ता थियो, बेथितिको विरुद्धमा आवाज बुलन्द गर्नु थियो, शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्नु थियो, दुर्भाग्य उनीहरू कै अगाडि निर्दोषहरू ढले, उनीहरू कै अगाडि देश जल्यो…’
जेनजी आन्दोलन निहित स्वार्थमा भएको टिप्पणी बाहिर आइरहेको बेला ककसको के के स्वार्थ थियो भन्ने कुरा मगरले प्रष्ट पारिदिनु भएको छ । ज्योति मगरको यो अभिव्यक्ति एउटा कलात्मक व्यङ्ग्य मात्रै होइन, समाजको नाडी समात्ने प्रयास पनि हो । उहाँले उठाउनुभएको प्रश्नको जवाफ अहिले देशले खोजिरहेको छ ।
यस्ताे छ ज्याेतीकाे फेसबुक स्ट्याटस :
जेन्जी आन्दोलन किन भयो ???
1) टिकटकर जेन्जी- मोबाइलमा उपद्र गरेर पैसा कमाउन…
2)कलाकार जेन्जी- युट्युब बाट डलर कमाउन…
3)रास्वपाका जेन्जी- रवि लामिछानेलाई जेलबाट निकाल्न…
4)बालेनका जेन्जी- प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरी बालेन लाई प्रधानमन्त्री बनाउन,चीलमा बस्न र स्वायग वाला एटिट्युड देखाउन…
5)माओवादीका जेन्जी- केपी भगाएर प्रचण्डलाई देश को बागडोर दिन…
6)कांग्रेस का जेन्जी- देउवा हटाएर गगन लाई सभापति बनाउन…
7)बार्बारा फाउन्डेसनका जेन्जी- सन्दुक रुइतको देवत्वको आडमा देश मा भाँडभैलो मच्चाइ चीनको विरुद्धमा गई तिब्बत आजाद गर्न तथा प्रत्यक्ष अप्रत्यक्ष अमेरिकालाई फेबर गर्न…
8)मधेस वारि पारीका जेन्जी- “जय नेपाल”भन्दा “जय हिन्द” भन्न नै सजिलो भएकोले…
9)हुनेखाने वर्गका जेन्जी- नेताका छोरा-छोरीको हातको रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफूलाई पनि चाहिएकोले..
10)”एनजिओ” र “आइएनजिओ” का जेन्जी- देश मा अस्थिरता कायम गरी मागी खाने भाँडोमा डलर आर्जन गर्न…
11) राजावादीका जेन्जी- राजा फर्काइ “आइस्यो गइस्यो”, “राजा साहेब,बाबु साहेब”, “हुकुम बक्स्यो,कृपा बक्स्यो” वाला संस्कार बरकरार राख्न र हिन्दु राज्य घोषण गर्न…
तर अपवाद मा कोही कोही चैँ आम जेन्जी थिए जसलाई देशको चिन्ता थियो, बेथिति को विरुद्धमा आवाज बुलन्द गर्नु थियो, शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्नु थियो, दुर्भाग्य उनीहरू कै अगाडि निर्दोषहरू ढले, उनीहरू कै अगाडि देश जल्यो…
डराइ डराइ पोष्ट हान्दिएँ मैले ल… जति गाली गरे नि गर्नु, म कमेन्ट पढ्दिन केरे !













प्रतिक्रिया दिनुहोस्