जनता टाइम्स

२५ कार्तिक २०८२, मंगलवार २१:५९

वडा र पालिकामा भएका जनभेला र जनप्रदर्शनले उत्साहित बनाएको छ, अब जिल्ला जनसभाको व्यापक तयारीमा जुटौँ : शंकर पाेखरेल 


काठमाडौं, कात्तिक २५। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका कार्यकर्ता र नेताहरूलाई जिल्लास्तरीय जनसभाको तयारीमा पूर्ण रूपमा जुट्न आह्वान गर्नुभएको छ। उहाँले वडा र पालिकास्तरमा भएका जनभेला र जनप्रदर्शनहरूले एमालेको संगठनात्मक शक्ति र जनसमर्थन अझ बलियो बनेको बताउनुभएकाे छ ।

उहाँका अनुसार हाल देशभर पार्टीप्रति जनताको भरोसा र उत्साह बढ्दै गएको छ, जसले संगठनका सबै तहका कार्यकर्तालाई नयाँ ऊर्जा प्रदान गरेको छ। ‘‘वडा र पालिकामा भएको जनभेला र जनप्रदर्शनले हामी सबैलाई उत्साहित बनाएको छ,’’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘‘अब २९ गतेको जिल्ला जनसभाको व्यापक तयारीमा जुटौँ।’’

महासचिव पोखरेलले सो अवसरमा जनताको विश्वास जित्न निरन्तर संगठन सुदृढीकरण र जनसम्पर्क अभियानमा लाग्न निर्देशन दिनुभएको थियो। उहाँले पार्टीको आगामी जिल्ला जनसभा एमालेको एकता, अनुशासन र संगठनात्मक क्षमताको प्रदर्शन हुने अवसरका रूपमा लिन आग्रह गर्नुभएकाे छ ।