जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार २०:२८

बलात्कारको भिडियो सामाजिक सञ्जालमा राखेपछि..


कपिलबस्तु, मंसिर १० । एक युवतीलाई सामुहिक बालात्कार गरी सोही बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवा लामो समयपछि पक्राउ परेका छन । कपिलवस्तु प्रहरीले भिडियोकै आधारमा ती अभियुक्त पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेका थिए । युवतीलाई सामुहिक बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले फरार कलामुद्दिन मुसलमानलाई सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परिसकेका छन । बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त कलामुद्दिन पक्राउ परेका हुन ।