काठमाडौं, कात्तिक २७ । मधेस प्रदेशका पाँच जना सांसद पदमुक्त हुनुभएको छ। बिहीबार प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित रहनुभएका ती सांसदहरूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गर्नुभएको हो।
सभामुख मण्डलले पदमुक्त सांसदहरूमा सर्लाहीकी उर्मिला देवी सिंह, सप्तरीका मनिष कुमार सुमन, सर्लाही–३ का सञ्जय कुमार यादव, सर्लाही–४ का सिंहासन साह कलवार र बारा–२ की सारदा शंकर प्रसाद कलवार रहनुभएको जानकारी दिनुभएकाे छ।
प्रदेशसभामा लगातार १० बैठकसम्म अनुपस्थित रहँदा सदस्यता स्वतः समाप्त हुने व्यवस्था अनुसार सभामुखले बिहीबारदेखि नै उहाँहरूको पदमुक्ति लागू हुने गरी निर्णय गर्नुभएको हो।
सभामुख मण्डलका अनुसार यो निर्णय प्रदेशसभा नियमावली र कार्यसञ्चालन निर्देशिकामा उल्लेखित प्रावधानअनुसार गरिएको हो। उहाँले सभामा उपस्थितिको जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्ति लोकतान्त्रिक प्रक्रियाका लागि हानिकारक हुने बताउनुभएकाे छ ।
यससँगै मधेस प्रदेशसभामा पाँच सिट खाली भएका छन्। सभामुखको सचिवालयका अनुसार उक्त विवरण निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्