जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १३:५२

नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्ड-माधव नेपाल संयोजक र सह-संयोजक हुँदा प्रचण्डका छोरी-बुहारी केन्द्रीय सदस्य 


काठमाडौ, कात्तिक २८। नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर गठन गरिएको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को मा १ सय ३८ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  समितिमा प्रचण्ड संयोजक र माधव नेपाल सह-संयोजक रहनु भएको छ ।

गत कात्तिक १९ गते माओवादी र समाजवादीलगायतका दलहरूबिच औपचारिक एकता घोषणा भएको थियो । त्यसअघि नै एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइएको थियो । सो संरचनामा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सह–संयोजकका रूपमा जिम्मेवारीमा रहनुभएको छ ।

आयोगमा बुझाइएको सूचीमा तेस्रो नम्बरमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालकाे नाम रहेको छ । तर एकीकृत समाजवादीमा रहँदाको सम्मानित नेताको पद भने खनालकाे खोसिएको छ ।

पार्टीको चौथो वरियादामा बामदेव गौतमको नाम रहँदा पाँचौँ नम्बरमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको नाम रहेको छ ।  छैटौँमा नम्बरमा माओवादीकै अग्निप्रसाद सापकोटा र सातौँमा कृष्णबहादुर महराको नाम रहेको छ भने एकीकृत समाजवादीका जगन्नाथ खतिवडाकाे नाम आठौँमा  तथा नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम समावेश गरिएको छ ।

माओवादीमा परिवारवाद भयो भनेर आलोचना भइरहेको बेलामा पार्टी केन्द्रीय कमिटीमा प्रचण्डले आफ्ना छोरी-बुहारी भित्र्याउन सफल हुनुभएको ५ ।  उक्त सूचीमा १२९ नम्बरमा प्रचण्ड पुत्री रेणु दाहालको नाम रहेको छ भने सबैभन्दा अन्तिम अर्थात् १३८ औँ नम्बरमा प्रचण्डकी बुहारी विना मगरको नाम रहेको छ ।

अनुसार १३८ सदस्यीय केन्द्रीय समिति गठनमा तत्कालीन एकीकृत समाजवादी समूहबाट अध्यक्ष माधवकुमार नेपालसहित ५९ जना, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित ५६ जना समावेश छन् । बाँकी सदस्यहरू नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिष्ट केन्द्र तथा देशभक्त समाजवादी मोर्चाबाट रहेका छन् ।