जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १४:०२

कानुनी, व्यवहारिक र राजनीतिक आवश्यकताका आधारमा पनि संसद् पुनःस्थापना अपरिहार्य : सभामुख देवराज घिमिरे 


काठमाडौँ, कात्तिक २८ । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ। असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकाले यसको पुनःस्थापना अनिवार्य रहेको उहाँको निष्कर्ष छ।

झापाको बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दा चाँडै अन्तिम छलफलमा लैजाने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले कानुनी, व्यवहारिक र राजनीतिक आवश्यकताका आधारमा पनि संसद् पुनःस्थापना अपरिहार्य रहेको टिप्पणी गर्नुभयो ।

घिमिरेका अनुसार प्रतिनिधि सभाको विघटन संविधानले निर्दिष्ट गरेको प्रक्रिया विपरीत भएकाले संवैधानिक इमानदारिता र लोकतान्त्रिक निरन्तरताका लागि पनि पुनःस्थापना सर्वोत्तम विकल्प हो।