जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १५:२२

रास्वपाको अधोगति : सन्तोष परियारले पनि छाडे पार्टी


काठमाडौं, कात्तिक २८ । आफूलाई वैकल्पिक शक्ति भनेर नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्रमशः अधोगतिमा अघि बढेको छ ।

सहकारी ठगी काण्डमा पार्टी सभापति रवि लामिछाने जेले परेपछि अधोगति सुरु भएको पार्टीमा मतदाता र कार्यकर्ता मात्र होइन नेताहरू नै पार्टी छाडेर अलग हुने क्रम बढ्दो छ ।

जब पार्टी महामन्त्री मुकुल ढकालले सो पार्टीमा विद्रोह गरेर पार्टी छाड्नुभयो त्यस पछि पार्टीका नेताहरूको अकर्मण्यता बाहिरिए । त्यस पछि एक पछि अर्का नेताले पार्टी छाड्ने क्रम जारी छ ।

सो पार्टीबाट मन्त्री समेत भएकी सुमना श्रेष्ठले पार्टी छाडेको केही समय नबित्दै फेरी अर्का प्रभावशाली नेता सन्तोष परियारले सो पार्टी छाड्नु भएको छ । अर्को छुट्टै अभियान चलाउने भन्दै उहाँले पार्टी छाड्नु भएको हो ।

रास्वपा छाड्नु भएका परियार अब माओवादीबाट अलगिनु भएका जनार्दन शर्माको अभियानमा जोडिनु हुने भएको छ । उहाँहरू मिलेर पार्टी दर्ताको तयारी गरिरहनु भएको छ ।

सो पार्टीकी नेतृ तोसिमा कार्कीले पनि बारम्बार पार्टीको नेतृत्व र निर्णय प्रक्रिया प्रति सामाजिक सञ्जालबाट नै असन्तुष्टि जनाउँदै आउनुभएको छ । उहाँ पनि कुनै पनि समय पार्टीबाट अलगिने सम्भावना छ ।