काठमाडौं, कात्तिक २८ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि समय थप गरेको छ । प्रधानमन्त्री सुशिला कार्कीको आग्रहअनुसार आयोगले मतदाता नामावली संकलनको समय थप गरेको हो ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो । ‘प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिइरहनु भएको थियो । मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरेका हौं,’ भण्डारीले भन्नुभयो ।
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।













प्रतिक्रिया दिनुहोस्