काठमाडौं, मंसिर १। नेकपा एमाले वाग्मती प्रदेश सचिव नवराज सिलवालले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहनुभएका सिलवालले पछिल्लो राजनीतिक तथा प्रशासनिक घटनाक्रमलाई लक्षित गर्दै राज्य प्रणाली ‘अति कमजोर’ भइसकेको निष्कर्ष सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।
राज्य संरचना यस्तो तहसम्म कमजोर बन्नेछ भन्ने कुरा आफूले कल्पनासमेत नगरेको उल्लेख गर्दै उहाँले वर्तमान व्यवस्थाको क्षमतामाथि आश्चर्य प्रकट गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सिलवालले भन्नुभएको छ, ‘थाहै थिएन, राज्य प्रणाली यस्तो कमजोर भइसकेको रहेछ।’
उहाँका अनुसार हाल देखिएको सामाजिक अराजकता, राजनीतिक अनिश्चय र संवैधानिक निकायहरूको प्रभावहीनताले राज्य प्रणालीकै कार्यक्षमता प्रश्नमा परेको छ।
सिलवालले देश सञ्चालनका आधारभूत संरचनामा कमजोरी बढ्दै जाँदा राष्ट्रिय हित, सुरक्षा तथा जनविश्वासमा नकारात्मक असर परेको उल्लेख गर्दै समयमै सुधारका कदम चालिनुपर्ने धारणा राख्नुभएको छ।
उहाँले कानुन प्रवर्तनमा लगानी गर्न पनि आग्रह गर्नु भएको छ । ‘नत्र राज्य, राज्य जस्तो रहने छैन, बजेट बरु त्यतै खर्च गर, किनकि मान्छेको जिउ-धनको सुरक्षा सबै भन्दा प्रधान हुन्छ, सिलवालले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्