काठमाडौं, मंसीर १ । भ्रष्ट्राचार र सुशासनविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्रममा आगजनी र तोडफोडमा कलाकर्मीहरूको पनि उल्लेख्य सहभागिता रहेको तथ्य पाइएको छ । त्यसदिन कलाकारहरू देश बर्वाद पार्न आगजनीमै उत्रिएको, उक्साउने काम गरेको पाइएको हो ।
सुरक्षा निकायले बनाएको सूचीअनुसार केही कलाकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर आन्दोलनको समर्थन गरे भने केही सडकमै उत्रिए । चलचित्रकर्मीहरूदेखि लिएर टिकटकर, युट्युबर, इन्फ्लुएन्सरहरु पनि आन्दोलनमा सहभागी भएका थिए । आगजनीमा सहभागी भएपनि कलाकारले पोल खुलेपछि भने कुनै पनि गलत क्रियाकलापमा सहभागी नभएको र राम्रो नियतले आन्दोलनलाई समर्थन र ऐक्यबद्धता जनाएको जिकिर गर्दैआएका छन ।
सुरक्षा निकायले आन्दोलनमा को–को कलाकार सहभागी थिए भनेर सूची बनाएको छ । नेपाल प्रहरीको उच्च अधिकारीबाट जनताटाइम्स डटकमलाई प्राप्त सूची अनुसार जेनजी आन्दोलनमा ४५ जना चलचित्रकर्मी, टिकटकर, युट्युबर र इन्फ्लुयन्सरहरु सडकमा निस्किएर आगजनी र तोडफोडमा संलग्न भएका छन । अनुसन्धानको लागि सूची तयार गर्ने क्रममा त्यसदिनको भिडियो फुटेज हेरेर सूची बनाएको हो ।
आन्दोलनमा भौतिक सहभागिता जनाउने र आगजनी तोडफोड गर्ने कलाकारको हिटलिस्टमा निश्चल बस्नेत, रिमा विश्वकर्मा, विजय लामा, अमनप्रताप अधिकारी, कालीप्रसाद बाँस्कोटा, चेतन सापकोटालगायत ४५ जनाको नाम रहेको छ । यस्तै सामाजिक सञ्जालबाट उत्तेजित बनाउँदै समर्थन जनाउनेमा हरिवंश आचार्य, मदनकृष्ण आचार्य, ऋचा शर्मा, अनमोल केसीदेखि प्रियंका कार्कीसम्म रहनुभएको छ ।
जेनजी आन्दोलनमा कलाकारको यो तहको बिध्वंसकारी रुप यसअघि कहिल्यै देखिएको थिएन । ती कलाकारहरूले हलिउड र बलिउडको आपराधिक दृष्यलाई ब्यवहारमा उतार्दे त्यसदिन देश जलाउने अपराध गरेका हुन ।
यी हुन जेनजीमा संलग्न कलाकर्मी, जस्ले देश जलाउने अपराध गरे
निश्चल बस्नेत, रिमा बिश्वकर्मा, बिजय लामा, अमनप्रताप अधिकारी, कालिप्रसाद बाँस्कोटा, रबिन्द्रसिंह बानियाँ, प्रदीप भट्टराई, म्याक्सम खत्री, बिशाल भण्डारी, मनोज गजुरेल, चेतन सापकोटा, दिपकराज गिरी, बर्षा राउत, सन्जोक कोइराला, आँचल शर्मा, उद्दीप श्रेष्ठ, सञ्चता शाही, उत्सव सापकोटा, जे–बब, केकी अधिकारी, मनोज पण्डित, सविन श्रेष्ठ, सुनिल बिश्वकर्मा, सचिन बिश्वकर्मा, सुरज बम ठकुरी, पारश बम ठकुरी, सलोन बस्नेत, दीपा शाही, सञ्जीता लुईटेल, सज्जन श्रेष्ठ, इभा गिरी, बिमला केसी, समीक्षा बस्नेत, सदीक्षा रेग्मी, बिक्की अग्रवाल, श्रद्धा प्रसाई, अनुपमा, हिमेश पन्त, कैलाश कार्की, आशिका तामाङ, इस्टु कार्की, पल शाह, जनकद्धीप पराजुली? जनक कार्की रओसिन सिटौला ।













प्रतिक्रिया दिनुहोस्