जनता टाइम्स

१ मंसिर २०८२, सोमबार २२:०८

आफैले बनाएको प्रधानमन्त्रीले बोलाएको मेयरहरूको बैठकमा किन गएनन बालेन ? यस्ता छन कारण


काठमाडौं, मंसीर १ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनुपस्थित रहनुभएको छ । संसदबाट निर्वाचित प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्दै आउनुभएका मेयर बालेन जेनजी आन्दोलनमा सिंहदरवार जलाएर आफैले बनाएको प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा समेत सहभागी नहुनुभएको हो ।

बालेनलाई आफूले छोरा भन्ने गरेको तर उस्ले दिदी भन्ने जानकारी यसअघि प्रधानमन्त्री कार्की स्वयंले खुलासा गरिसक्नुभएको छ । जेनजी आन्दोलनमा तोडफोड, आगजनी र बिध्वंस मच्चाएर सत्ता कब्जामा लागेको आरोप लागेका बालेनले प्रधानमन्त्री बनाउन आफै डिजाइनर रहेपनि नजानुको कारण निकै रहष्यमय रहेको जानकारहरूको भनाई छ ।

बालेनमाथि निकै गम्भीर आरोप पुष्टि हुने अवस्था रहेकोले प्रधानमन्त्री आफैले नआउन भनेको वा बालेनले आफूले बनाएको प्रधानमन्त्रीभन्दा माथि ठानेको हुनसक्ने अनुमान स्रोतको छ । बालेन सहभागी नभएपनि प्रधानमन्त्री कार्कीले सोमवार उपत्यकाका मेयरहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गर्नुभएको हो ।

छलफलमा उपत्यकाका तीनै जिल्लाका पालिका प्रमुखहरूले प्रधानमन्त्री कार्कीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराएर निर्वाचन सम्पन्न हुने विश्वासिलो बातावरण बनाउन सुझाव दिएका छन । निर्वाचनको बातावरण बनाउन र सम्पन्न गराउने काममा सहयोग गर्न आफूहरू तयार रहेको पनि स्थानीय सरकार प्रमुखहरूको भनाई छ ।

भेटका क्रममा स्थानीय सरकार प्रमुखहरूले आफूहरुले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका छन । उनीहरुले आ-आफ्ना समस्या राख्दै सरकारले सुशासनका लागि ‘बोल्ड डिसिजन’ गर्न डराउन नहुने धारणा पनि राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मेयरहरूले फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि आग्रह गरेका छन ।

छलफलको क्रममा ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै सो रकम राफसाफ गरिदिन प्रधानमन्त्री कार्कीलाई आग्रह गर्नुभएको थियो । त्यस्तै सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उहाँको माग थियो।

जेनजी आन्दोलनमा तोडफोड, आगजनी र बिध्वंस मच्चाएर सत्ता कब्जामा लागेको आरोप लागेका बालेनले प्रधानमन्त्री बनाउन आफै डिजाइनर रहेपनि नजानुको कारण निकै रहष्यमय रहेको जानकारहरूको भनाई छ । बालेनमाथि निकै गम्भीर आरोप पुष्टि हुने अवस्था रहेकोले प्रधानमन्त्री आफैले नआउन भनेको वा बालेनले आफूले बनाएको प्रधानमन्त्रीभन्दा माथि ठानेको हुनसक्ने अनुमान स्रोतको छ ।

महर्जनसहितका सवै मेयरहरूले जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको छ । यस्तै मेयरहरूले भदौ २४ गते जेनजी आन्दोलनसँग सम्बन्धित नै नभएका व्यक्तिहरुले व्यक्तिका घरघरमा लुटपाट मच्चाएको भन्दै तिनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे।

नगरपालिकाले नै जाहेरी दिएर केही व्यक्ति पक्राउ गरेको भए पनि प्रहरी र अदालतबाट छुट्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन । छलफलमा प्रधानमन्त्री कार्कीले आफू अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । निर्वाचन गराउन आएको सरकारले अरु काम गर्नुहुँदैन भनेर पनि प्रश्न उठेको उहाँको भनाई थियो ।

‘एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ । अब त चुनावको आचारसंहिता पनि लाग्ला । तैपनि तपाईंहरुले अघि सार्नुभएका समस्यामा केकति गर्न सकिन्छ, हेरौँला । जेजति समस्या छन्, तिनको समाधान तपाईं–हामी मिलेर नै गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको आश्वासन थियो ।