काठमाडौं, मंसिर २। नेकपा एमालेका विघटित प्रतिनिधि सभा संसदीय दलको बैठक आज बस्दै छ ।
आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको एमालेको दाबी, त्यसको संवैधानिक तथा कानुनी परीक्षणका सम्भावित मार्गहरूबारे विस्तृत छलफल हुने बताइएको छ।
प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै एमालेले विभिन्न चरणका जनपरिचालन कार्यक्रम सञ्चालन गरिरहेको छ। तर अदालतमा मुद्दा नलगिएको कारण दोहोरो चरित्र देखाएको भन्दै पार्टीभित्र र बाहिर आलोचना बढेपछि आजको बैठक बोलाइएको हो।
आज हुने बैठकमा ‘अदालत जाने कि नजाने’ भन्ने विषयमा निष्कर्षमा पुग्ने प्रयास हुने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्