जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार ०८:४९

एनपीएलमा आज चितवन र लुम्बिनी भिड्ने


काठमाडौं, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।खेल किर्तीपुरको टियु मैदानमा दिउसो ४ बजे सुरु हुनेछ ।एनपिएल क्रिकेटको जारी सिजनमा लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो ।पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । एनपिएल क्रिकेटमा हिजो सुदुरपश्चिम रोयल्सले काठमाडां गुर्खाजलाई २९ रनले हरायो ।