जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार १७:४७

बोपाराको लगातार दोस्रो अर्धशतक, लुम्बिनीलाई १४३ रनको लक्ष्य


काठमाडौं, म‌ंसिर ४। रवि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।

सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाएर आउट भए । बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बदिन नइबले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।