काठमाडौं, मंसिर १२
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर फेसबुकमा हाल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कैलालीको मसुरिया–६ बस्ने २३ वर्षीय आशीष सिंहलाई बिहीबार पक्राउ गरी हिरासतमा लिएको हो ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फोटोसपको माध्यमबाट तोडमोड गरी बिगारेर फेसबुकमा हालेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डिएसपी टंकप्रसाद भट्टराईका अनुसार उनले प्रारम्भिक बयानका क्रममा अरुले नै बनाएको फोटो आफुले फेसबुकमा हालेको बयान दिएका छन् । यसविषयमा थप अनुसन्धान भईरहेको र अन्यको पनि खोजी भईरहेको सीआईबीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्