जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार २०:५९

दोलखाबासीलाई खुशीको खवर दिदै मन्त्री गुरुङले गर्नुभयो यस्तो घोषणा


दोलखा, मंसिर १२

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गृहजिल्लामा विमानस्थल बनाउने घोषणा गर्नुभएको छ । आफ्नो गृह जिल्लामा पर्यटकलाई बढवा दिनका लागि आन्तरिक विमानस्थल बनाउने घोषणा गर्नुभएको हो ।

चार दिने जिल्ला भ्रमणमा रहनु भएका मन्त्री गुरुङले जिरी नगरपालिका–४ को वडा कार्यालयको आज उद्घाटन गर्दै सो घोषणा गर्नुभएको हो । ‘आन्तरिक र बाह्य पर्यटक बढाउनका लागि दोलखामा एउटा विमानस्थल अपरिहार्य भईसकेको छ’, उहाले भन्नुभयो । मन्त्री गुरुङले दोलखाको जिरीमा रहेको पुरानो विमानस्थल वा सदरमुकाममा पनि बनाउन सक्ने सम्भावना रहेको औल्याउनु भयो । यद्यपी उहाले जुन स्थानीय तहले बढि सहयोग र तयार रहन्छ त्यही बनाउन सकिने सम्भावना रहेको समेत जानकारी गराउनु भयो ।

मन्त्री गुरुङले बालबालिकाको हक हित र शिक्षाका लागि आफुले विशेष पहल लिने समेत बताउनु भयो । महिला र ज्येष्ठ नागरिकका लागि समेत आफुले विशेष कार्ययोजना ल्याउने समेत उल्लेख गर्नुभयो । उहालाई आज वैदेश्वर गाउँपालिका, दोलखा भिमेश्वर गुठी सस्थाले सम्मान गरेका थिए ।