जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ०९:१७

चैनपुर नगरपालिका–२ का वडाध्यक्षको निधन


संखुवासभा, मंसिर १३

चैनपुर नगरपालिका–२ का वडाध्यक्षको निधन भएको छ । ५१ वर्षिय वडाध्यक्ष काजी शेर्पाको गएराति आफ्नै निवासमा निधन भएको हो ।

नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजेतिर उहाकै निवास मयुममा निधन भएको जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहनु भएको थियो । २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष बन्नु भएको थियो ।

उहा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित बन्नु भएको थियो । शेर्पाको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।